झापा । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संसदको बैठकसँगै नयाँ सरकार बन्ने बताएका छन् । प्रेस संगठन नेपाल, प्रदेश १ को दोस्रो भेलाको उद्घाटन गर्दै भट्टराईले नयाँ सरकार प्रतिगमनका विरुद्धमा उभिने नेकपाको नेतृत्वमा बन्ने बताएका छन।

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले नयाँ सरकार बनेसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिने दाबी गरेका छन। उनले पत्रकारले स्वच्छ रुपमा सबैको आलोचना गर्नुपर्ने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाको कार्यदिशा जनताको जनवाद भएकोले प्रेस संगठनले त्यसलाई कार्यान्वयन गर्न कलम चलाउनुपर्ने भट्टराईले बताए। जनताको जनवादले नागरिक सर्बोच्चता र संविधानको रक्षालाई प्राथमिकतामा राख्ने उनले बताए। उनले सर्वोच्चद्वारा पुनस्स्थापना भएको प्रतिनिधिसभा ठिक ठाउँमा ल्याउन भने आवश्यक रहेको बताए।

भट्टराईले केपी ओलीवादको अन्त्य अहिलेको आवश्यकता रहेको बताउँदै केपी ओलीले जनताको बहुदलीय जनवादको दुरुपयोग आरोप लगाए। उनले केपी ओलीबाट जनताको बहुदलीय जनवाद मुक्त गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। भट्टराईले संविधान र प्रतिनिधि सभाको इज्जतको लागि केपी ओलीले राजीनामा दिनुपर्ने बताउँदै राजीनामा नदिए आउने परिस्थिति सामाना गर्न केपी ओलीलाई महँगो पर्ने बताए। उनले अदालतले सच्याएको प्रतिगमनलाई रक्षा गर्नुपर्ने बताए।

भेलामा प्रेस संगठनका सह इन्चार्ज तथा संयोजक महेश्वर दाहाल, सह इन्चार्ज ओम शर्मा, विष्णु रिजाल, सह संयोजकहरु विश्वमणि सुवेदी, विष्णु सापकोटा, महासचिव राजेश राई, पूर्व(अध्यक्षहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईं, गगन विष्ट लगायतले सम्बोधन गरेका थिए।