प्रधानमन्त्री केपी शर्मा ओली आज गृह नगर झापाको दमक आउँदैछन् । प्रतिनिधी सभा पुनसर््थापनापछि पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यक्रमनै आफ्नै निर्वाचन क्षेत्रमा राखेका छन् ।
प्रधानमन्त्री ओली भोलि बिहान ११ बजे झापाको भद्रपुर बिमानस्थलबाट सोझै आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ तर्फ आउनेछन् । सुरुमा उनले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने सडकमा पर्ने कमल खोलाको पुल उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी दमक १० बाट मोरङको उर्लाबारी नगपालिकास्थित अमबारी जोड्ने मावा बेतीनी खोलामा निर्मित पुलको उद्घाटन गर्न पुग्नेछन् ।
त्यसपछि प्रधानमन्त्री ओलीले कमल गाउँपालिका, गौरादह नगरपालिका र दमक नगरपालिका क्षेत्रमा निर्माण हुने भनिएको चिन नेपाल मैत्री औद्येगिक पार्ककको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम कमल गाउँपालिका ७ स्थित झर्का पश्चिममा आयोजना हुदैछ । त्यहा आयोजना हुने सभालाई प्रधानमन्त्रीले संबोधन गर्ने समेत कार्यक्रम छ ।
त्यसपछि उनले दमक १ मा हेको आँखा अस्पतालबाट ईलामको चुलाचुली जोड्ने सडकमा पर्ने रतुवा खोलाको पुल उद्घाटन गर्नेछन् । ओलीको गृहनगरमा अन्तिम कार्यक्रम भने दमक बेलडाँगीस्थित ईलामको बकुवा बिचमा पर्ने रतुवा नदिको पुल सहित मदन भण्डारी लोकमार्ग अन्तर्गतको धरान–बाहुँनडाँगीखण्डमा पर्ने ३१ वटा खोलामा निर्माण हुने पक्की पुलको एकैसाथ शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली आजै साझ साढे ५ बजे भद्रपुर बिमानस्थलबाट काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।



