काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे आपत्ती जनाएकी छिन् । एक कार्यक्रममा पन्तले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए ।पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तुहरु बिचमै रोकिएको फेसबुकमार्फत प्रतिक्रिया दिएकी छिन् ।प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेकाले एकअर्काको आदर सम्मानविना समाजमा न्याय, समानता र विवेकशीलताको अन्त हुने वलीको भनाइ छ ।विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्ने भन्दै वलीले त्यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको छिट्टै दुर्घटना हुने टिप्पणी गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय