राजनीति

प्रधानमन्त्रीले ‘टपक्क टिपेर’ मलाई राष्ट्रिय सभा सदस्य बनाउनु भएको होइनः कोमल वली


  काठमाडौँ   सवालनेपाल   २०७७ फाल्गुन १६, १३:५०

प्रधानमन्त्री केपी शर्मा ओली निकट राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा नेता रघुजी पन्तविरुद्ध अदालत जाने भएकी छन्।
प्रचण्ड–माधव पक्षका नेता पन्तले उनी लक्षित दिएको अभिव्यक्तिले चरित्र हत्या भएको जनाउँदै वली न्यायका लागि अदालत जाने भएकी हुन्।

गृह जिल्लामा रहेकी वलीले काठमाडौं फर्केपछि अदालतमा मुद्धा दायर गर्ने बताएकी छन्। नेपाल लाइभसँग उनले भनिन्, ‘सोमबार काठमाडौं फर्कन्छु।’
जिल्लाले सिफारिस गरेर राष्ट्रिय सभा सदस्य बनेको उनले दावी गरिन्। प्रदेश कमिटीले गरेको नाम सिफारिसलाई स्थायी कमिटीले अनुमोदन गरेपछि सांसद बनेको उनले सुनाइन्।

उनले भन्निन्,‘केपी ओलीले टपक्क टिपेर मलाई सांसद बनाउनुभएको होइन। अर्को कुरा केपी ओलीले सबै कार्यकर्तालाई माया नै गर्नुहुन्छ। त्यसमध्येको म पनि एउटा पर्छु।’
नेता पन्तले पिडौंला देखाएको आधारमा वलीले राष्ट्रिय सभाको सदस्य भएको आरोप लगाएका थिए।
-नेपाल लाईभ बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु