केबि महरा/ काठमाडौ , नेकपा प्रचण्ड- नेपाल समुहका वरिष्ठ नेता डा. भिम रावलले निर्वाचन आयोगले पार्टी बैधानिकताका लागि आफुहरुलाई नागरिकता सहित बोलाउनुपर्ने माग राखेका छन्।
आईतबार दिउँसो रिपोर्टर्स क्लबमा संचारकर्मिहरु संङ्ग कुरा गर्दै डा. रावलले नेकपामा देखिएको आन्तरिक बिबादलाई समाधान गर्न पार्टी बैधानिकताका बिषयमा टुङ्गो लगाउन निर्वाचन आयोगले यथासक्य आफुहरुलाई आयोगमा बोलाउनुपर्ने धारणा ब्यक्त गरेका हुन् । रावलले भनेका छन्,” नेकपामा दाहाल- नेपाल समुहको नेकपा संङ्ग पार्टिको दुईतिहाई बहुमत छ,निर्वाचन आयोगले नागरिकता सहित बोलाएमा हामिहरु पङ्तिबद्द भएर उपस्थित हुन तयार छौँ ।”
गत पुस ५ गते प्रधानमन्त्री केपि शर्माओलिले प्रतिनिधि सभा भंङ्ग गरे सङ्गै चुलिएको नेकपा बिबाद गत फाल्गुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्न दिएको निर्देशन पछि थप उत्कर्षमा पुगेको हो ।
डा.भिम रावलले नेकपा बिबादकै प्रसङ्गलाई प्रष्ट्याउँदै प्रतिनिधि सभा सदस्य नरहेको ब्यक्ती प्रधानमन्त्री हुन सक्ने छैन भनी संबिधानमै स्पष्ट लेखिएकोमा उल्टै सोही प्रतिनिधि सभा भङ्ग गरेको अवस्थामा ओलि प्रधानमन्त्री रहन सक्छन् कि सक्तैनन् भनी प्रतिप्रश्न समेत गरेका छन् ।
पार्टिको निर्णय र निर्देशन बिपरित प्रधानमन्त्री ओलिले बारम्बार तानाशाह प्रवृत्ती देखाउने गरेको प्रती खेद ब्यक्त गर्दै नेता रावलले भनेका छन्- नेकपाको पार्टी बिधानको धारा ६० एकपटक राम्ररी पढ्न आग्रह गर्छु,जसमा स्पष्ट भनिएको छ कि पार्टिको महाधिवेशन नभएको अवस्थामा पार्टिको केन्द्रीय कमिटिको निर्णयनै अन्तिम हुने प्रावधान रहेको छ ।
नेता रावलले आफू नेकपाको संसदीय दल संचालन संबन्धमा मस्यौदा निर्माण समितिको अध्यक्ष समेत रहेकाले उक्त बिधानको प्रस्तावनामै राजनीतिक कार्यदिशा अनुसार संसदिय दल कृयाशिल हुनेकुरा स्पष्ट रहेको औँल्याएका छन् । तसर्थ दलको बिधान मिच्नु स्वत: अनैतिक हुने कुरा उनले बताएका छन् ।
डा . रावलले अघि भनेका छ्न्, ‘सरकारले असिमित अधिकार राख्दैन,त्यसले संविधान अनुसार काम गर्नु पर्ने हुन्छ,यद्यपि त्यसको बिपरित गतिबिधी प्रधानमन्त्री ओलिले देखाउँदै आउनु भएको छ,जुन सरासर नैतिकता बिरोधी हो, उहाँले तत्काल राजिनामा दिएर आगामी मार्ग प्रशस्त गर्नुको बिकल्प छैन ।’
फरक प्रसङ्गमा बोल्दै नेता रावलले भनेका छन् -केपि ओलि लाई पार्टिले नैतिकताको आधारमा कार्वाही गरिसक्यो,बहुमत हामी सङ्गै छ,आफ्नो गल्तीको प्रायश्चित गरेमा फेरिपनी मिलेर जान सकिने छ तर उहाँको पार्टी भित्र रहेको यस अघिको हैसियतको बारेमा सोच्नुपर्ने हुन सक्छ ।



