जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको ७ महिनामा ४६ हजार रुपियाँ राजस्व संकलन गरेको छ । चालू आवको माघ मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी सवारीसाधनलाई कारबाही गरी उक्त रकम संकलन गरिएको हो ।क्षमताभन्दा धेरै यात्रु राख्ने, जाथाभावी ओभरट्याक गर्ने, सवारीसाधनको बिलबुक तथा अन्य कागजात साथमा नराखने, मदिरा सेवन गरी सवारी सञ्चालन गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने अहिलेसम्म ६१ वटा सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका नायव निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो ।यस अवधिमा २० ट्याक्टर, १० मोटरसाइकल, १० जिप, १५ ट्रक र १० बस चालकलाई कारबाही गरिएको उहाँ बताउनुहुन्छ ।वर्षेनि मुगुमा १० प्रतिशतका दरले सवारीसाधनको चाप बढिरहेको शर्मा बताउनुहुन्छ ।
ट्राफिक राजस्वमा वृद्धि
सवालनेपालसंवाददातासोमबार, १७ फागुन २०७७

ट्राफिक राजस्वमा वृद्धि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



