काठमाडौं । मोरङको उर्लाबारी–५ घर भएका प्रविण बाँस्तोला हत्या सम्बन्धमा छानविन गर्न गठित समितीले छानविन सकेको छ । डिएसपी मानबहादुर राईको नेतृत्वको समितिले सोमबार छानविन सकेर प्रतिवेदन बुझाएको छ ।संयोजक मानबहादुर राईले छानविन प्रतिवेदन बुझाएको रातोपाटीलाई जानकारी दिएका छन् । मृतकका आफन्तले अनुसन्धानमा प्रश्न उठाएर आन्दोलन गरेपछि गठित समितिले प्रविणको मिसिलमा ‘फरक ब्यक्तिको फोटो परेको’ निष्कर्ष निकालेको छ ।
पुस ४ मा साथिको डेरामा सुतेका प्रविणको राती हत्या भएको थियो । भोलिपल्ट अस्पताल लगेपछि डाक्टरले उनलाई मृत घोषण गरे । पोष्टमार्टबाट ‘निसास्सिएर मृत्यु’ भएको रिपोर्ट आएको छ । भिसेरा परीक्षण गर्दा विष खुवाएको पुष्टि भएको छैन् ।प्रहरीले सरकारी वकिल कार्यालयमा ‘बाँस्तोलालाई कर्तब्य गरेर हत्या गरेको हुनाले हदैसम्मको कारवाही हुनुपर्छ’ भन्ने राय सहितको प्रतिवेदन बुझाएको थियो । ‘तात्विक हिसावले घटनामा नै बद्लाव आउने गरी अनुसन्धानमा कमजोरी गरेको देखिएन’ एसपी खड्का भन्छन्– ‘एउटै समयमा दुईवटा घटना भएको हुनाले मिसिल बुझाउनुअघि असान्दर्भिक ब्यक्तिको फोटो पर्न गएको हो, अनुसन्धानमा कमजोरी छैन् ।’
सिरकले नाक–मुख थुनेको निष्कर्ष: बाँस्तोलाले मदिरा पिएको हुनाले उनी बल गर्न सक्ने अवस्थामा थिएनन् । विवाद भएपछि नाक र मुख थुनेर उनको हत्या गरिएको प्रहरीको निष्कर्ष छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा भनिएको छ–नाक र मुख थुनेर कर्तब्य गरेको देखिन्छ ।’रातो पाटी बाट साभार



