काठमाडौँ – पञ्चालयत कालका मन्त्री पिताम्बर ध्वज खातीको ८७ वर्षको उमेरमा निधन भएको छ। उनलाई केही समयदेखि उच्च रक्तचापको समस्या थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १० दिन उपचारको लागि नर्भिक अस्पतालमा राखिएको थियो।

उपचारपछि घर लगेको उनको फागुन १२ गते उनको देहान्त भएको खातीका नाति कल्याण सापकोटाले जानकारी दिए। पूर्वमन्त्री खातीसँगै उनकी श्रीमती शिवकुमारी खातीको पनि निधन भएको छ। अस्पतालबाट मध्य बानेश्वरस्थित घर ल्याइएका खातीको स्वास्थ्यमा समस्या देखिँदा उनकी श्रीमति शिवकुमारी खातीलाई पनि स्वास्थ्यमा समस्या देखियो। सुगरको समस्याले एक वर्षदेखि बिरामी भएकी शिव कुमारीलाई पनि साथै अस्पताल लगिएको थियो।अस्पतालमा पुग्दा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको सापकोटाले बताए।

खातीको जन्म विसं १९९१ मा पाल्पामा भएको थियो। उनले बनारस हिन्दु विद्यालयबाट स्नातकसम्म अध्ययन गरेका थिए। उनका एक छोरा र ४ छोरीहरु छन्। उनी केही पत्र पत्रिकामा कविता लेख्थे। उनी पद्मोदय पाल्पा हाइ स्कूलका प्रधानाध्यापक भएका थिए। उनि राष्ट्रिय पञ्चायतका निर्वाचित सदस्य भएका थिए। उनले गृह तथा पञ्चायत मन्त्री, यातायात मन्त्री तथा स्वास्थ्य मन्त्री भएर काम गरेका थिए।यी जोडीलाई एकै चितामा राखेर सोही दिन पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah