इलाम। इलाममा ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका १० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका ४ का १८ वर्षीय प्रवेश तिरुवा विश्वकर्मा, इलाम नगरपालिका ५ का ३५ वर्षीय योगेश राई र फिदिम नगरपालिका १० का २३ वर्षीय अनिल लिम्बु रहेको प्रहरी कार्यालय इलामले जनाएको छ ।

सोमबार बेलुका ५ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ७५० मिली ग्राम ब्राउनसुगर, स्टिलको प्लेट थान १, नेपाली ५ को नोट थान ३ र लागु औषध सेवन गर्ने ढुङ्ग्रोसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय