काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी बनाउन सरकारले दिएको ३० करोड रुपैयाँको बचाउन गरेका छन् । उनले आफ्नो ब्यक्तिगत प्रयोगका लागि नभई पशुपतिनाथलाई दिएकोमा आलोचना गर्नुको अर्थ नभएको बताएका हुन् । मंगलबार झापामा गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘कसैलाई भ्रष्टाचार गर्न दिएको त हैन नी । पशुपतिनाथलाई दिएको हो । मैले श्रीमतीलाई कुण्डली, तिलहरी झुम्के बुलाकी हालिदिएको हैन, शिवजीलाई दिएको हो १ सय ८ किलो ।’

उनले आफूले प्रधानमन्त्रीको नेतृत्व गरेपछि ठूला–ठूला पूर्वाधारका काम गरेको दावी गरे । आफ्नो काम देखेर आफूलाई रोक्न खोज्नेहरू बढेको उल्लेख गरे । उनले भने– ‘लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल अब तयार हुन लागेको छ । लुम्बिनीमा हामीले सभा गर्न जाँदा सभा गर्ने ठाउँ नै थिए । विदेशीहरु बोलाएको थियो, अन्तर्राष्ट्रिय सम्मेलन गरिएको थियो । भरे त जुत्ता हिलोमा अड्किने, सुरुवाल माथि सार्नुपर्ने, त्यस्तो हिलोमा पो परियो । त्यसपछि मैले भने २ वर्षभित्र ५ हजार क्षमताको हल बनाउँछु । यसले त देश बनाउने भो रोक्नुपर्छ । यसले त देश माथि उठाउने भो हटाउनुपर्छ भनेर हटाए । म नेपाली जनताप्रति कृतज्ञ छु, उहाँहरुले फेरि मलाई जिताएर प्रधानमन्त्री बनाउनुभयो ।’

उनले यस वर्षको बौद्ध जयन्ती लुम्बिनीको विशाल हलभित्र मनाउने बताए । उनले आफूले इतिहासमै नभएको काम गर्दै नेपाल सुरुङ युगमा प्रवेश गरेको बताए । उनले भने– ‘थानकोट नौबिसे सुरुङमार्ग धमाधम खन्ने कार्य भइरहेको छ । अब नौबिसेबाट काठमाडौं आउँदा घुम्दै घुम्दै आउन पाइनेछ कतै गाडी पल्टिएला भन्ने डर छैन । अब नौबिसेबाट छिर्यो काठमाडौंमा फुत्त, काठमाडौंबाट छिर्यो नौविसेमा फुत्त, अब हामी झापाबाट पूर्वपश्चिम रेलमार्गको शिलान्यास गर्दैछौँ । ठूला काम गर्ने हाम्रो उत्साह नै ठूलो । आफ्ना छोराछोरी घर त जसले नी हेरिहाल्छ नि । हामी ठूला काम गर्ने हो, देशलाई आधुनिक बनाउने हो ।’ प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि धेरै हवाई मैदानहरु बनाएको उल्लेख गरे । उनले युगान्तकारी काम गर्दै एउटा युगको सुरुवात गरेको दावी गरे ।

मलाई हटाउन सजिलो छैन
प्रधानमन्त्री ओलीले पुरानो युग हटाउँदै आफूले नयाँ युगको सुरुवात गरेको बताए । उनले अदालतले संसद पुनःस्थापना गरेको बताउँदै त्यसले आफूलाई कुनै असर नपर्ने र आफूले संसद चलाउन नकारात्मक भूमिका नखेल्ने बताए । उनले भने– ‘राम्ररी अधिवेशन चलाएर अघि बढ्ने मेरो भूमिका हुन्छ । मेरो नकारात्मक भूमिका कहिले पनि हुँदैन सधै सकारात्मक भूमिका हुन्छ ।’

उनले नियुक्ति पाउँ भन्दै आफू मुद्दा लड्न नगएको बताउँदै आफू राजनीति गर्ने मान्छे भएकोले निवेदन दिन, दरखास्त हाल्न जनताकोमा जाने उल्लेख गरे । उनले आफूलाई कसैले हटाउन सक्छ भने हटाओस् भन्ने चुनौती दिँदै सजिलो नभएको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah