तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर चर्चा कमाएका व्यवसायी दुर्गा प्रसाईंले प्रचण्डलाई फरक बाटो नहिँड्न आग्रह गरेका छन् ।

झापाको बिर्तामोडमा व्यवसायी प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा प्रधानमन्त्री ओली समेत रहेका बेला प्रसाईंले प्रचण्डमाथि प्रश्न गरेका छन् ।

‘के कारणले फरक बाटो हिँड्दै हुनुहुन्छ ? म जस्ता कार्यकर्ता र शुभचिन्तकलाई धोका दिने कुरा कति जायज छ ?’ प्रसाईंले सोधे ।

प्रसाईंले अस्पताल उद्घाटनको कार्यक्रममा प्रचण्ड नहुँदा मञ्च अपुरो भएको बताए । ‘यो मञ्च अपुरो छ, अर्काे व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ । नेपाली जनताको मनमा विराजमान हुनुपर्ने तपाईं हो तर जनमञ्चबाट तिरस्कृत हुँदैहुँदै जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लाग्नुहुन्छ भने जनताले तपाईंलाई माइतीघरभन्दा धेरै पर हुत्याएर घर न घाटको बनाउने छन्, तपाईं पछुताउनु हुनेछ,’ उनले भने, ‘काजी सा’पहरूले राज्यसत्ताको तर मारेको जनताले रुचाएका छैनन् । विचार गर्नुहोला प्रचण्डजी ।’

आफूले जनताको सेवा गर्दै रोजगारी सिर्जना गर्ने व्यवसाय गर्दा समेत तिरस्कृत हुनुपरेको गुनासो प्रसाईंले गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय