नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको समूहमा लागेका ७ जना नेतालाई केन्द्रीय सदस्य पदबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय लिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी केन्द्रीय कमिटी बैठकले ओली समूहतर्फ लागेका नेकपा संसदीय दलका उपनेता नेता सुवास नेम्बाङलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय लिएको जानकारी केन्द्रीय सदस्य विष्णु रिजालले दिए।

केन्द्रीय कमिटी बैठकले ओली समूहमै रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र ओली समूहमै रहेकी संसदीय दलकी सचेत शान्ता चौधरीलाई पनि ६ महिनाका लागि निलम्बनको निर्णय लिएको छ।

६ महिनाका लागि निलम्बन गरिएकाहरुमा ओली समूहमै रहेका पूर्व मन्त्री महेश बस्‍नेत, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रचण्ड समूह छाडेर ओलीतिर लागेपछि मन्त्री बनेका प्रभु साह र ओली समूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा रहेका छन्।

यो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलबाट हटाउने स्थायी कमिटीको प्रस्ताव पनि अनुमोदन गरेको छ। आजै बसेको स्थायी कमिटी बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको थियो।

बुधबार दिउँसो पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको दाहाल-नेपालको बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई पनि हटाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए।
-फरकधार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय