झापा, फागुन-१९ गते ।
झापा भद्रपुर नगरपालिका -६ का २६ बर्षीय बिशाल मण्डललाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो पौने ३ बजे भद्रपुर -५ स्थित बसपार्कमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर १७ ग्राम, डिजिटल तराजु थान १, VIVO कम्पनीको मोबायल फोन थान २ र WB74A Q3864 नम्बरको स्कुटर सहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



