
झापा, फागुन: नेकपा झापाले फागुन २१ गते गर्ने जनसभा स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी हुन नसक्ने भए पछि सभा स्थगित भएको हाे ।
नेकपा झापाका कार्यालय सचिव शिव ढुंगेलले राष्ट्रिय राजनीतिमा समस्या समाधानका लागि प्रधानमन्त्री ब्यस्त रहने भएकाले सभा स्थगित भएको बताए ।
तर कार्यक्रम भने हुने उल्लेख गरे । साेहि दिन बिहानै सुखानीमा शहिदकाे तस्बिरमा माल्यार्पण र सालवारीमा श्रद्धाञ्जली सभा हुने उनलेे बताए । तर बिर्तामोडमा हुने भनिएको सभा भने स्थगित भएको उनलेे जनाए
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया