काठमाडौं । हाल नेपालमा हाल उल्लेखनीय माैसमी प्रणालीकाे प्रभाव नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

हाल देशभरका उच्च पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीवार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

राती प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने बताइएको छ।