मुख्य खबर

प्रधानमन्त्री ओलीलाई ठूलो सफलता, विप्लव नेतृत्वको नेकपाद्धारा हिंसात्मक गतिबिधि त्याग गर्ने घोषणा


  दमक   उत्तम रिजाल   २०७७ फाल्गुन २०, ११:०९

दमक।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो सफलता मिलेको छ । सरकारले प्रतिवन्ध लगाएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले हिंसात्मक गतिबिधि त्याग गर्ने घोषणा गरेसँगै प्रधानमन्त्री ओलीलाई अर्को ठूलो सफलता मिलेको हो । प्रधानमन्त्री ओलीको यो दोस्रो ठूलो सफलता हो।

यस अघि प्रधानमन्त्री ओलीले सिके राउतलाई पनि वार्ताको टेवुलमा ल्याएर शान्तिपूर्ण राजनीतिमा ल्याउनु भएको थियो। अब विप्लव समुहले कुनैपनि हिंसात्मक गतिविधि गर्ने छैन् । आज सरकारसँग तीन बुँदे सहमति गर्दै विप्लव समुहले हिंसा छोड्ने सहमति गरेको हो। सहमति भएसँगै सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ ।

सहमति अनुसार सो समूहका जेलमा रहेका नेता कार्यकर्ता रिहाई गर्ने र समूहले सम्पूर्ण राजनीतिक समस्याको समाधान वार्ताको टेवुलबाट गर्ने सहमति भएको छ।

नेकपामा देखिएको विवाद विभानको संघारमा पुगेर आफ्नो पद नै धरापमा परेको बेला प्रधानमन्त्री ओलीले विप्लवललाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउनुले मुलकमा हिंसा अन्त्य भएको छ । यतिमात्र होईन सहमतिसँगै प्रधानमन्त्री केपी शर्मा ओली र सो पार्टीका महासचिव विप्लवले भोलि बिशेष कार्यक्रम गरेर एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ । यसले प्रचण्ड माधब समुहलाई गतिलो झापड हान्ने निश्चित छ ।

गत मंगलबार सरकारले सो समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधामनन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो भने विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय बहादुर चलाउने रहेको वार्ता टोली गठन गरेको थियो।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु