राष्ट्रिय खबर

जग्गाधनी पुर्जा पाउँदा औधि खुशी


  काठमाडौँ   सवालनेपाल   २०७७ फाल्गुन २०, १४:०७

अर्घाखाची । सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका ९१ वर्षीय गौरीनारायण श्रेष्ठ ज्याँदै खुसी भएका छन् । विगत चार-पाँच वर्ष अघिदेखि डिजिटल नक्सा पाइन्छ भन्ने सुनेका श्रेष्ठले यति सजिलोसँग घरनजिकै जग्गाधनी प्रमाण पुर्जा पाउँदा खुसी भए । उनले भेन, ‘ऊ वेला नक्सा जलो, घरमा भएकोले काम गर्दैन भन्दा दुःख लाग्दथ्यो, अहिले एकदम खुसी छु ।’‘श्रेष्ठलाई मात्र नभई जग्गा धनी प्रमाण पुर्जा पाउँदा सोही ठाउँकै फुर्सी कमेनीमा पनि उत्तिकै खुसी थिइन् । ‘अब त जग्गा धितो राखेर पनि ऋण लिन पाइने भएको छ, अति खुसी लागेको छ’, उनले भनिन् । श्रेष्ठ र फुर्सी कमेनीमा मात्रै होइन आफ्नो जग्गा धनी प्रमाण पुर्जा पाउन सयौँ जना खुसी थिए ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१२ मा मंगलबार एक कार्यक्रमबीच जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको हो । कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले स्थानीयलाई जग्गा धनी प्रमाण पुर्जा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । भुसालले लालपूर्जा वितरण गर्दै तत्कालीन सशस्त्र युद्धको समयमा जिल्लामा सदरमुकाम आक्रमण हुँदा लालपूर्जा जलेर नष्ट भई अर्घाखाँची जिल्ला नक्साविहीन भएको कुरा स्मरण गर्दे अब नयाँ लालपुर्जाले आमनागरिकको काम, कारबाही, व्यापार, व्यवसाय सञ्चालन गर्न सहज हुने बताए ।

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकले लालपुर्जा वितरणले जनतामा खुसी छाएको बताए । उनले आफ्नो जग्गा जमिनको सही सदुपयोग गरी आयआर्जनका कार्य गर्न जग्गा धनीहरूलाई आग्रह गरे । उनले डिजिटल नक्साबाट गाउँटोलमा हुने धेरै खाले समस्याको निराकरण भएको पनि बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुराज बेलबासेले जिल्लामा लामो समयदेखि बसोवास गर्दै आएका मानिसहरू नयाँ जग्गाधनी पूर्जा नभएका कारण समस्यामा पर्दै आएको बताउँदै आजको यस लालपुर्जा वितरण कार्यले आमनागरिकमा खुसियाली छाएको बताए ।कार्यक्रममा सन्धिखर्क नगरपालिका–१२ का अध्यक्ष नारायण खड्का, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य वसन्त श्रेष्ठ ‘छापेली’ लगायतले मन्तब्य राख्दै डिजिटल नक्सा वितरणबाट नयाँ युग प्रारम्भ भएको अनुभूति भएको बताए ।

वडामा ८ सय १८ जग्गा दर्ता निवेदन संख्या रहेका मध्ये जम्मा ७ सय २९ जग्गा धनीहरूले आफ्नो जग्गा दर्ता गराएकोे विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम रानाले जानकारी दिए ।वडाभित्र कृषितर्फ कित्ता संख्या ३ हजार ३ सय ७, क्षेत्रफल ३ सय १७ हेक्टर रहेको छ । त्यस्तै व्यावसायिकतर्फ कित्ता संख्या ६ सय १२, क्षेत्रफल ८५ हेक्टर रहेको र त्यस्तै सरकारी जग्गातर्फ कित्ता संख्या १ सय ५, क्षेत्रफल २ सय ३६ हेक्टर जमिनको नाँपजाँच गरी लालपुर्जा तयार गरिएको ४ नं. नापी टोलीका प्रमुख दलबहादुर बोहोराले जानकारी दिए । लालपूर्जा वितरण कार्य जारिरहेको र यदि आज वितरण गरेर नसके भोलि पनि वितरण गर्ने बोहोराले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु