जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र विप्लव नेकपाबीच भएको सम्झौता स्वागतयोग्य भएको जनाएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले सरकारले सांसद रेशम चौधरी लगायत राजबन्दीलाई समेत रिहा गर्नुपर्ने माग गरेका छन् ।उनले लेखेका छन्, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ । यसरी नै सरकारले सांसद रेशम चौधरी लगायत थारु विद्रोहका सबै राजबन्दीहरूलाई रिहाइ गरेर उनीहरूसँग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्बोधन गरोस् । संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है ! नत्र जो होचो उसको मुखमा घोचो हुनेछ ।’
विप्लवसँगको सम्झौतालाई स्वागत गर्दै डा. भट्टराईको माग : रेशम चौधरीलाई रिहा गर
सवालनेपालसंवाददाताबिहीबार, २० फागुन २०७७

विप्लवसँगको सम्झौतालाई स्वागत गर्दै डा. भट्टराईको माग : रेशम चौधरीलाई रिहा गर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



