काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई हप्तामा चोरी भएका २७ मोटरसाइकल बरामद गरेको छ । उपत्यका र आसपासका विभिन्‍न स्थानबाट चोरी भएका मोटरसाइकल बरामद गरिएको हो । ति मोटरसाइकल महाशाखाले बिहीबार सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ ।महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले मोटरसाइकल बरामद गरेको हो । उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुरबाट मोटरसाइकल बरामद भएको एसएसपी जनक भट्टराईले जानकारी दिए ।

‘लामो समयसम्म एकान्त वा अँध्यारो स्थानमा मोटरसाइकल पार्किङ गर्दा चोरी हुने देखिएको छ,’ उनले भने, ‘चोरीमा संलग्‍न व्यक्तिलाई हामीले आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेका छौँ । बरामद भएका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउछौँ ।’बिहीबार मात्रै करिब ८० लाख भन्दा बढी मुल्य बराबरको मोटरसाइकल सम्बन्धित धनिलाई बुझाएको महाशाखाले जानकारी दिएको छ । यस वर्ष मात्रै करिब १६ करोड मुल्य बराबरको मोटरसाइकल नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै महाशाखाले हराएका २ सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय