काठमाण्डाै/  गत माघ २९ गतेदेखि बन्द भएको नेपाल-चीन व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आएको छ ।नाका खुलेसँगै बिहान ३ वटा गाडी नेपालतर्फ आएका र आज नेपाली व्यवसायीको सामान बोकेका ७ वटा गाडी आउने रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

ल्हाेसारका कारण गएको माघ २९ गतेदेखि नाका बन्द भएको थियो । हिजो बेलुकी चिनियाँ पक्षले नेपाल पक्षलाई नाका खोल्नेबारेको जानकारी गराएको र अहिले गाडी आउन थालेको भन्सार कार्यालयका प्रमुख रेग्मीको भनाइ छ । यो वर्ष प्राकृतिक प्रकोप र कोरोना भाइरसको सङ्क्रमणका कारण चीनतर्फको नाका पटक-पटक बन्द हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय