नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा बस्ने भएको छ ।

सांसदहरू आउने क्रम जारी रहेको र केही बेरमा बैठक बस्ने सांसद खिमलाल भट्टराईले लोकान्तरलाई बताए ।

उनले १ सय १४ भन्दा बढीको उपस्थिति हुने दाबीसमेत गरेका छन् ।

‘सांसदहरू आउने क्रम जारी छ,’ भट्टराईले भने, ‘बहुमत सांसदहरू आइसक्नुभएको छ । १ सय १४ भन्दा बढी सांसदहरू बैठकमा आउने अनुमान छ ।’

शनिवार अपराह्न ३ बजे ओली समूहले संसदीय दलको बैठक बोलाएको हो ।

भट्टराईले दाबी गरेको उपस्थिति प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सांसदहरूको संख्या हो ।

प्रतिनिधिसभामा रहेका नेकपाका सांसदहरूको संख्या १७४ छ । जसमध्ये एकजनाको निधन भएको छ भने सभामुख तटस्थ रहन्छन् ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक नेकपाको कूल सांसदको संख्या २ सय २१ हो ।

शुक्रवार बसेको नेकपाको प्रचण्ड-नेपाल पक्षले पनि आफूतिर बहुमत रहेको दाबी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय