काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनु भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेपछि उहाँले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाउनु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खोप लगाइसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि खोप अत्यावश्यक रहेकाले पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गर्नु भएको हो । उहाँले कोरोना विरुद्धको खोपले लगाइसकेपछि आफूलाई कुनै स्वास्थ्य समस्या नदेखिएकाले ढुक्क भएर लगाउन पनि आग्रह गर्नुभयो ।

सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिन सुरु गरेको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।