काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा राजीनामाको अवसर दिइने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड-माधव नेपाल समूहको समझदारीअनुसार आइतबारको संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लगिने छैन । आइतबारको बैठकमा प्रधानमन्त्रीको मनोविज्ञान हेरेपछि राजीनामा नदिने संकेत पाए मात्र अविश्वास प्रस्ताव लैजाने उनीहरुको तयारी छ ।“अहिलेलाई अविश्वास प्रस्ताव नलौने र संसद्मा प्रधानमन्त्रीको शैली हेरेर मात्र निर्णय गर्ने भन्ने छ,” नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले भने, “प्रधानमन्त्री राजीनामाको मुडमा हुनुहुँदो रहेनछ भने अर्को दिन अविश्वास प्रस्ताव लगेर त्यही प्रस्तावमार्फत नयाँ प्रधानमन्त्रीको खोजी गरिनेछ ।”यसका लागि नेकपाको प्रचण्ड-माधव समूहले प्रधानमन्त्रीको नाम मात्र खाली राखेर अविश्वास प्रस्ताव तयार पारेर हस्ताक्षर संकलन गरिसकेको छ । कांग्रेसले पनि आवश्यक सबै तयारी गरेको छ । तर, प्रधानमन्त्रीलाई ‘इगो’ नहुनेगरी राजीनामा आए स्वभाविक विकल्पमा जाने तयारी दुई दलको छ ।
प्रधानमन्त्रीलाई राजीनामाका लागि अवसर दिने तयारी : राजीना मा नआए मात्र अविश्वास प्रस्ताव
सवालनेपालसंवाददाताआइतबार, २३ फागुन २०७७

प्रधानमन्त्रीलाई राजीनामाका लागि अवसर दिने तयारी : राजीना मा नआए मात्र अविश्वास प्रस्ताव
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



