२३ फागुन, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी टोली परिचालन गरिएको छ। विप्लवको सुरक्षा चुनौती मध्यनजर गर्दै उनलाई नजिकैबाट सुरक्षा दिन थालिएको हो ।सरकार र नेकपाबीच सहमती भएपछि विप्लव शुक्रबार सार्वजनिक भएका थिए। साेही दिन विप्लव नवलपरासीबाट विप्लव प्रहरीको स्कर्टिङमा उनी काठमाडौं आइपुगेका थिए ।त्यसै दिन काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा विप्लव समूह र सरकारबीच तीन बुँदे सहमती पत्रमा हस्ताक्षर भएको थियो। त्यसअघि सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्दै उसका नेता कार्यकर्ताविरुद्ध दर्ता भएका सबै मुद्दा फिर्ता लिने निर्णय पनि गरेको थियो। विप्लव अहिले सामाखुसीमा बस्दै आएका छन्।आगामी दिनमा शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको आधारमा विप्लवले जनमत बढाउन, नेतृत्व लिन र देशको मुहार परिवर्तन गर्न सक्ने फराकिलो र वैधानिक बाटो तयार भएको छ । यसले नेपाली समाजलाई मात्र होइन, उनलाई समेत अगाडि बढाउनेछ ।
विप्लवको सुरक्षाका लागि १० जना प्रहरी टोली परिचालन
सवालनेपालसंवाददाताआइतबार, २३ फागुन २०७७

विप्लवको सुरक्षाका लागि १० जना प्रहरी टोली परिचालन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



