काठमाण्डौ – आइतबार दिउँसो चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।

बैठकका लागि सांसदहरू संसद् भवन नयाँ बानेश्वर पुगिसकेका छन् । तर चार बजेका लागि तोकिएको बैठक पाँच बज्दासम्म पनि सुरु भएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिनुभएको छ ।

नेकपाभित्रको विवाद र सर्वोच्च अदालतले नेकपाको आधिकारिकताको विषयमा गरेको फैसलाका कारण प्रतिनिधि सभा बैठक सुरु हुन ढिलो भएको बुझिएको छ ।