काठमाडौं – शिवरात्री पर्वका अवसरका पशुपति मन्दिर आसपासका क्षेत्रमा भोलि सवार साधन चल्न नपाउने भएका छन्।महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिका हुने भीडभाडलाई मध्यनरज गर्दै सो क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो। महाशाखाले एक सूचना जारी गर्दै पशुपति र आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरेको जनाएको छ ।चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय गरे पनि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको ।चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने महाशाखाको सूचनामा उल्लेख छ ।द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने छ ।




