काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीे बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता मातृका यादवले जानकारी दिएका छन् ।

‘यो बैठक हिजोकै निरन्तरता हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल हुन्छ’, उनले भने । आजको बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल हुने माओवादी स्रोतले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादीले नेपाली कांग्रेस र जसपासँग सत्ता समीकरणको प्रयास गरिरहेको छ । यस विषयमा अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरिसकेका छन् ।

जसपाले भने पुनर्स्थापित एमाले वा माओवादी केन्द्र कांग्रेस कोसँग सत्ता सहकार्य गर्ने निर्णय गरिसकेका छैन । स्रोतका अनुसार नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।