काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाए ।सत्तारुढ नेकपा (एमाले) र जसपा बीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उनले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।
माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ: राजेन्द्र महतो
सवालनेपालसंवाददाताबुधबार, २६ फागुन २०७७

माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ: राजेन्द्र महतो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



