नेकपा (एमाले) का वरिष्ठ नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले माधव नेपाल, झलनाथ खनाल लगायतका विद्रोह गर्ने नेताहरुलाई आत्मआलोचनाको मौका दिने बताएका छन् । उनीहरु बहुमतको सरकार ढाल्ने प्रयासमा लागे, हामी माथि खनिए तर पनि अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाको मौका दिने बताएको उनले भने,।
बिहीवार प्रेस संगठन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै पोखरेलले दोस्रो पार्टीमा लागेर हामी माथि घाँत गरेको छ तर सबै नेताहरु सच्चीएर एक पटक म म भनौ उनले भने ,। उनले पार्टीमा उनीहरुको विषयमा गहन छलफल भइरहेको बताए । ‘माओवादीबाट आएका साथीहरुलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरु पनि एमालेमै फर्किनु भएको छ,’ उनले भने, ‘उहाँहरुको बारेमा पनि पार्टीको केन्द्रीय कमिटिमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ ।’



