राजनीतिक उपरी संरचनामा परिवर्तन भयो तर राज्य संयन्त्रलाई टिकाउने मूल अवयवहरुलाई रुपान्तरण गर्नसकेनौं: शशी श्रेष्ठ, वामपन्थी नेता
छनौट गरिएको विषय ‘दलतन्त्रमा रुपान्तरण कसरी ?’ अन्त्यन्तै समय सान्दर्भिक र जरुरी छ । दलको कार्यकर्ता तथा सामाजिक रुपान्तरणमा संलग्न व्यक्तिको हिसाबले सुनेरै भएपनि लाभ प्राप्त गरौं भनेर यो कार्यक्रममा आएको हुँ । हिजो यस कार्यक्रमका लागि निमन्त्रण आउँदा म अर्को एक कार्यक्रममा भएकाले मैले यस विषयमा धेरै तयारी गर्ने अवसर पनि पाइँन र बोल्नका लागि नभएर सुन्नका लागि मात्रै उपस्थित भएको हुँ भनेर आयोजकलाई जानकारी गराएको थिएँ । यद्यपि, बोल्न नसक्ने र नमिल्ने भन्ने कुरा होइन । त्यसैले सुन्नकै लागि आएको भएपनि म अब केही कुरा राख्न खोज्दैछु ।धेरै महत्वपूर्ण कुराहरु आइसकेको छ । मलाई लागेको लोकको तन्त्र हुनुपर्नेमा दलको तन्त्र भयो । दलको तन्त्रभित्र पनि गुट, उपगुट, सहगुटको तन्त्र चाहिँ हाबी भयो । अहिलेको यो समस्या यो हो भन्ने लाग्दछ ।
यसो हुुनुमा नेताका नेताभित्रको चिन्तन के छ, चिना हेरेर हिजो जन्मने बेलामा के–कस्तो स्थिति थियो र ज्योतिषहरुलाई हेराएर शासनमा आफ्नो भविष्य अझै छ भनेर देख्ने सामन्तवादी र रुढीवादी चिन्तन प्रणालीले यो समस्या आएको हो भन्ने लाग्दछ ।
दलभित्र लोकतन्त्रीकरण नभएकै कारण यो समस्या देखिएको हो भन्ने मेरो ठहर छ । त्यहाँ आन्तरिक लोकतन्त्रको कुनै पनि अभ्यास हुनै सकेन । कहीँ कतै ती विभेदका बारे विभेद बोल्यो वा एउटा अग्रगामी छलाङ मार्नुपर्दछ भन्ने एजेन्डा राख्यो भने यो वा त्यो किसिमबाट कोपभाजनमा पर्ने स्थिति रह्यो ।दलभित्र लोकतन्त्रीकरण नभएकै कारण यो समस्या देखिएको हो भन्ने मेरो ठहर छ । म एउटा जनवर्गीय संगठनको प्रमुख भएर काम गर्दा त्यहाँ सापेक्षिक स्वायत्तताको धेरै कुरा उठे । तर पार्टीमा ती कुरा उठाउँदा धेरै कुरा यहाँ नगरौं भनियो । त्यहाँ आन्तरिक लोकतन्त्रको कुनै पनि अभ्यास हुनै सकेन । कहीँ कतै ती विभेदका बारे विभेद बोल्यो वा एउटा अग्रगामी छलाङ मार्नुपर्दछ भन्ने एजेन्डा राख्यो भने यो वा त्यो किसिमबाट कोपभाजनमा पर्ने स्थिति रह्यो । बादशाहको नयाँ लुगाको कथाजस्तो नेताले जे गरेपनि सही ग¥यो भन्नुपर्ने खालको संस्कार र संस्कृति हाबी भयो । त्यो नै अहिलेको हाम्रो प्रमुख समस्या हो ।
अहिलेको अवस्थामा दलहरुको विकल्प हाम्रोमा छैन । भोलि होला । तर यो दललाई नै कसरी लोकतन्त्रीकरण गर्ने ? दलभित्र अहिले पैदा भएका समस्याहरुमध्ये प्रमुख नै व्यक्ति हाबी हुने छ । व्यक्तिमा पनि अब आफूलाई अर्कै ठान्ने, संविधानमा भएकै कुरालाई अपव्याख्या गर्ने,नमान्ने भनेपछि दलको विधान, त्यसभित्र भएका नीति कार्यक्रमहरु विधिहरु मान्ने त सवाल नै भएन । आफ्नो अनुकूलतामा त्यसलाई व्याख्या गर्ने जुन पारिपार्टी बसेको छ, त्यसमा यो वा त्यो किसिमबाट हामी पनि जिम्मेवार छौं भन्ने मलाई लाग्दछ ।हामीले त्यसको डटेर वा संगठित किसिमबाट मुकाविला गर्न सकेनौं । घनश्यामजी, हामीजस्ता मानिसहरु चारतिर पो फर्कियौं कि ? आत्मसमीक्षा गर्ने बेला आएको छ भन्ने मलाई लाग्दछ ।
हामीले बोल्ने बेलामा एउटा कुरा भनिरहेका हुन्छौं, तर कुनै न कुनै किसिमबाट हामीमा पनि नेतालाई पुज्ने, नेतृत्वको देवत्वकरण गर्ने परिपाटी हावी भयो । साथासाथै, हामीले राजनीतिक उपरी संरचनामा परिवर्तन त गर्यौं तर आर्थिक, सामाजिकरुपान्तरण गर्न सकेनौं । राज्य संयन्त्रका मूल अवयवहरु, राज्य संयन्त्रलाई टिकाउने मुख्य खम्बा– प्रहरी, सेना, न्यायालयलाई रुपान्तरण गर्नसकेनौं ।पार्टीकै मान्छेहरुले पनि दह्रोसँग ब्याकअप हुनुपर्यो । तपाईहरुले केही कुरा यसरी बोल्यो र फलानोले विरोध गर्याे भन्दाखेरी ब्याकिङ नै नभइदिने पछाडिबाट । यो गुनासो गर्ने थलो त होइन, तर यो खालको एकले अर्कोलाई मद्दत गर्ने संयन्त्रहरु हामीले निर्माण गर्नु जरुरी छ ।
त्यसैले अहिलेको स्थितिको लागि हामी आफैं पनि कुनै न कुनै किसिमबाट जिम्मेवार छौं कि भन्ने लाग्छ । म व्यक्तिगत रुपमा पनि आफ्नो जिम्मेवारी कबुल गर्छु । समग्रमा एउटा सचेत नागरिकको हिसाबले र पार्टीको जिम्मेवार व्यक्तिको हिसाबले त्यो दोष लिनु पर्दछ भन्ने लाग्दछ । त्यो गर्न नसकेको र अहिलेकै भएको संरचनामा नै दलहरुलाई हिँडाउने काम गर्न सकिएको छैन । दोषपूर्ण दलतन्त्रमा रुपान्तरण कसरी गर्ने भन्ने सन्दर्भमा एउटा कुरा सान्दर्भिक होला भनेर म राज्यव्यवस्था त सुशासन समितिको सभापति हुँदाको अनुभव बताउन चाहन्छु । त्यहाँ कसरी विधेयकहरु आउँछन् वा त्यो विधेयकभित्र के कुराहरु छन् भन्नेबारे त्यो विधेयक ल्याउने मन्त्रालय वा संस्थालाई नै थाहा छैन । मुलुक संविधानसभाबाट संविधान जारी भएर संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ, तर पञ्चायती कालरात्रीमा भएका विधेयकहरु आउने गर्छन् । यस्ता धेरै कुराहरु छन् ।
वास्तवमा, समस्याका चुरो कारणमा हामीले हान्न र समग्रमा रुपान्तरण गर्न सकेनौं । दलका नेताहरुलाई पनि र सरकारका प्रमुखहरुलाई पनि निकायलाई समेत प्रत्याव्हानको व्यवस्था गर्न सकेनौं, हामी दह्रो बन्न सकेनौं ।नागरिक समाजले पनि यस्तो संकट आएको बेलामा मात्रै बोल्ने होइन, निरन्तर खबरदारी गर्न सकेनौं भने, पार्टीकै मान्छेहरुले पनि दह्रोसँग ब्याकअप हुनुपर्यो । तपाईहरुले केही कुरा यसरी बोल्यो र फलानोले विरोध गर्याे भन्दाखेरी ब्याकिङ नै नभइदिने पछाडिबाट । यो गुनासो गर्ने थलो त होइन, तर यो खालको एकले अर्कोलाई मद्दत गर्ने संयन्त्रहरु हामीले निर्माण गर्नु जरुरी छ । सबैभन्दा ठूलो कुरा मुलुकमा लोकतन्त्र हो, व्यवस्था हो, जनमुखी व्यवस्था हो । जनमुखी व्यवस्थालाई टिकाउनका लागि आवश्यक पर्ने संयन्त्र र अवयवहरुलाई कसरी दरिलो बनाउने भन्ने कुरामा अंतरंग छलफल गर्ने, बहस गर्ने र एकको अर्को सहयोगी भएर गएको खण्डमा र त्यसलाई पृष्ठपोषण गर्न सकेमात्रै खण्डमा मात्रै वर्तमानमा रहेको दोषपूर्ण लोकतन्त्रलाई रुपान्तरण गर्नसक्छौं भन्ने लाग्छ ।



