नेपालमा पहिलोपटक ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण गरिएको छ ।

शिक्षण अस्पतालका प्रत्यारोपणविद डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ११ वर्षिय बालककाे कलेजो प्रत्यारोपण गरिएको हो । बालकलाई ३५ वर्षिय बाबुले कलेजो दान गरेका हुन् ।

अहिले प्रत्यारोपण गर्ने बच्चा र कलेजो दिने बाबुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डा. भण्डारीका अनुसार अहिले बालकलाई कलेजो दिने बाबुलाई आईसीयुमा राखिएको छ । भण्डारीसहित ६० जनाको टोलीले कलेजो प्रत्यारोपण गरेको हो ।

डा. भण्डारीका अनुसार २५ जना चिकित्सकको टोली मात्र थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपालमा पहिलो पटक ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण भएको हो ।

सुरुमा शिक्षण अस्पतालमा बालक लगिएकोमा भारत रिफर गरिएको थियो । भारत रिफर गर्दा आर्थिक व्यवस्थाको लागि कुरा प्रधानमन्त्री समक्ष पुगेपछि प्रधानमन्त्ती केपी शर्मा ओलीले तत्काल शिक्षण अस्पतालका प्रत्यारोपणविद डा. रमेशसिह भण्डारीलाई उक्त बच्चाको प्रत्यारोपण नेपालमा सम्भव भएसमम गर्न व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

अर्थ संकलनको क्रममा बालकको आफन्त प्रधानमन्त्रीकहाँ पुगेपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेको भण्डारीले जानकारी दिए।

काभ्रेका एघार महिनाको बालकलाई शनिबार २ बजेदेखि शल्यक्रिया सुरु गरेर राती ९ बजेसम्म लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको हो । बालकलाई उनका ३५ बर्षका बाबुले कलेजो दिएका थिए ।

प्रत्यारोपणमा सलग्न प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले आठ घण्टा लामो समय लगाएर बालकको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए। उनले बालकको जन्मजात कलेजोमा समस्या रहेको जानकारी दिए ।

नेपालमा यसअघि २०७३ साल मंसिरमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा सफल कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो । प्रत्यारोपणविद डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३६ वर्षिय बलराम नागाको सफल प्रत्यारोपण गरिएको थियो । नागालाई ४१ वर्षिय दिदीले कलेजो दान गरेका थिइन् ।

डा. भण्डारीले प्रत्पारोपणमा आफुहरुलाई सहयोग गर्न फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोली शिक्षण अस्पताल आएको बताए । उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं र कोरोना महामारी सुरु भएदेखि पहिलो प्रत्यारोपण हो ।

आफ्नो बच्चाको प्रत्यारोपणका लागि विदेशमा उपचारको व्यवस्था मिलाइदिन आफन्तले बारम्बार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको तर प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा प्रभावकारी उपचार रहेको विश्वास दिलाएपछि उनीहरुले ११ महिने बालकको कलेजो प्रत्यारोपण गरिएको डा.भण्डारीले जानकारी दिए । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah