काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक विवाद साँघुरिएको साटो थप फराकिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली पक्षले गत फागुन २८ गते आफू निकटका केही नेता भेला गरेर पार्टी विधान विपरित गरेका निर्णयहरु रद्ध गर्न नमानेपछि एमालेभित्रको विवाद थप फराकिलो बन्दै जाने संकेत देखिएको छ ।

विवाद समाधान गर्ने प्रयासस्वरुप सोमबार अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको छलफलमा ओली आफ्नो निर्णयबाट पछि नहट्ने अडान कसेपछि विवाद जस्ताको तस्तै रहन पुगेको हो ।
विवाद सहमति उन्मुख नभएपछि मंगलबार ओली र माधव नेपाल पक्षले आज छुट्टाछुट्टै कार्यक्रम राखेका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे चियापान कार्यक्रम राखेका छन् भने माधव पक्षले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ ।

माधव पक्षले पत्रकार सम्मेलनमा बुधबारबाट हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिनेछ । त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराइले जानकारी दिएका छन् । उता, ओली पक्षले राखेको चियापानमा माधव झलनाथ पक्षले आफू पक्षीय नेता कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah