काठमाडौं । पाँचथरको फिदिममा बजाजको नयाँ शोरुम खुलेको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पूर्ण सुविधासम्पन्न नयाँ शोरुम खोलेको हो ।नयाँ डिलरसिप समृद्धि एन्ड ब्रदर्सका प्रोप्राइटर सन्जीव जोशीलाई प्रदान गरिएको हो । शोरुममा सेल्स, सर्भिस र स्पेयर्स सुविधा उपलब्ध छ ।



