काठमाडौँ — काठमाडौंमा साताव्यापी ‘बुद्ध थिएटर फेस्टिभल’ हुने भएको छ ।बुद्धको जीवनी र दर्शनहरु के के छन्, विश्वमा बुद्धको बोधिसत्वको प्रभाव के छ, बुद्धले दिएका ज्ञानका विविध आयामहरु विश्वभर कसरी छरिएका छन् भन्‍ने पक्षहरुलाई रंगमञ्चका माध्यमबाट खोतल्ने उद्देश्‍यले थिएटर महोत्सव आयोजना गरिएको हो । महोत्सव जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा चैत्र ८ देखि १४ गतेसम्म हुने छ ।महोत्सवमा बुद्ध जीवनीकै थिममा चर्या नृत्य, ६ वटा कार्यपत्रहरुको प्रस्तुति तथा ७ वटा नाटकहरु मञ्चन हुने फेस्टिभलका निर्देशक पुष्कर गुरुङले जानकारी दिए । उनका अनुसार नाटक मञ्चनका लागि नेपालसँगै भारत र हङकङबाट सहभागिता रहने छ ।

कला र विचारका माध्यममा नेपालमा जन्मेका बुद्ध र उनको दर्शनलाई संसारमा अझै फिँजाउने अभियानका साथ महोत्सवको अवधारणा अगाडि सारिएको निर्देशक गुरुङले बताए । ‘बुद्धको कर्म, ज्ञान र समग्र कथालाई नृत्य, संगीत तथा रंगमञ्चमा उतार्ने हाम्रो पहिलो प्रयास हो’, उनले भने, ‘यसले बुद्ध र बुद्धिजमको ज्ञानलाई प्रवर्द्धन गर्नुका साथै नेपाली थिएटरलाई समेत विस्तार गर्न सघाउ पुर्‍याउन सक्ने हाम्रो विश्वास छ ।’वाग्मती प्रदेश सरकारको सहयोगमा सांस्कृतिक संस्थानसँगै डबली थिएटर र पर्यटन विकासको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवमा अभि सुवेदी, कल्पना पराजुली, पुन्य पराजुली, शिव अर्याललगायतले बुद्ध दर्शनमा नै आधारित रहेर कार्यपत्र प्रस्तुत गर्नेछन् ।महोत्सवमा बुद्ध सम्बन्धित बहस, विमर्श तथा सिर्जनाले मुलुकको अन्तर्राष्ट्रिय पहिचान हुनुका साथै रंगमञ्चको चलायमान हुने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए ।अघिल्लो वर्ष नै महोत्सवको तयारी गरे पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah