काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा गत वर्षको अमेरिकी चुनावमा प्रभाव पार्ने प्रयासलाई अधिकृत गरेको हुनसक्ने गुप्तचर अधिकारीहरुले बताएका छन्। अमेरिकी सरकारको रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले मस्कोले निर्वाचनका विजेता जो बाइडेनबारे ‘भ्रामक वा अप्रमाणित आरोपहरू’ फैलाएको जनाएको छ । तर उसले कुनै पनि विदेशी सरकारले अन्तिम परिणामसँग सम्झौता नगरेको बताएको थियो।

रूसले आफूमाथि लागेका चुनावमा हस्तक्षेप गरेको भन्ने आरोपहरूलाई ‘आधारहीन’ भनेको छ । ‘प्रतिवेदनको निष्कर्ष उनीहरूको गुप्तचर सेवाहरूको विश्वासले मात्र पुष्टि गरिएको छ वासिङ्टनस्थित रूसी दूतावासले एक बयानमा भनेको छ ‘यस्ता दाबीहरूको कुनै तथ्य वा खास प्रमाण दिइएको थिएन ।’ तीन सूत्रले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार अमेरिकाले प्रतिवेदनको निष्कर्षका आधारमा आगामी हप्ता तुरुन्तै रूसमाथि प्रतिबन्ध लगाउने अपेक्षा गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेशनल इन्टेलिजेन्सको कार्यालयले मंगलबार जारी गरेको १५ पृष्ठको प्रतिवेदनमा रूसका साथै इरानद्वारा समेत ‘प्रभाव अपरेसन’ संचालन गरिएको भनिएको छ । रिपोर्टमा रुस सम्बद्ध व्यक्तिहरुले ३ नोभेम्बरको चुनाव अगावै राष्ट्रपति बाइडेनका बारेमा अप्रमाणित दाबीहरु फैलाएको भनिएको छ । यसले व्यापक निर्वाचन प्रक्रियामा भएको भरोसालाई कमजोर पार्न गलत सूचना अभियान चलाइएको पनि बताएको छ । रूसी खुफिया एजेन्सीसँग सम्बद्ध केही मानिसहरूले समेत मिडिया आउटलेट, वरिष्ठ अधिकारी तथा ट्रम्पका सहयोगीहरूलाई बाइडेन विरोधी रिपोर्टहरु दिएको रिपोर्टमा भनिएको छ ।