काठमाडौँ : नेकपा एमालेका नेता झलनाथ खनाल-माधवकुमार नेपाल समूहले आफू निकटका सांसदहरूको बैठक बस्दैछ । बिहीबार बिहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा ११ बजे बैठक बोलाएको नेपाल निकट नेता विष्णु रिजालले इकागलाई जानकारी दिए ।

‘सांसदहरू जम्मा हुने क्रम जारी छ’ नेता रिजालले इकागजसँग भने ‘१० बजे भनिएको थियो केही सांसदहरू आउन ढिला हुने भएकाले ११ बजेदेखि बैठक सुरु हुन्छ ।’ अब के कसरी अघि बढ्‍ने र पछिल्‍लो राजनीतिक घटनाक्रबारे बैठकमा छलफल हुने नेता रिजालले बताए ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बालुवाटारमा ११ बजे बोलाएका छन् । ओलीले बोलाएको संसदीय दलको बैठकमा खनाल-नेपाल समूहका सांसद नजाने नेता रिजालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय