५ चैत, काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम प्रमाणीकरण गरेको हो । आंशिकतर्फ आठ हजार ८२३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा केन्द्रले जानकारी दिएको छ । परीक्षामा अङ्कनतर्फ ७८.६३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।उक्त परीक्षामा दुईजना परीक्षार्थीको परीक्षा रद्द गरिएको रपरीक्षामा तोकिएको भन्दा कम पूर्णाङ्कमा परीक्षा दिलाउने ५ वटा विद्यालयका परीक्षार्थीहरुको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको बोर्डले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।यो वर्ष ०६५-०७६ सम्मका विद्यार्थीहरुका लागि विशेष प्राथमिकतामा राख्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षा सञ्चालन गरेको थियो ।कोभिडका कारण विद्यालयले आफ्नै होम सेन्टरमा परीक्षा सञ्चालन गरेका थिए । परीक्षामा आंशिक (अक्षराङ्कनतर्फ) कूल १ लाख ५६ हजार ९६३ आशिक (अङ्कनतर्फ) १०२८७ परीक्षार्थी सम्मिलित रहेका थिए ।
कक्षा ११को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
सवालनेपालसंवाददाताबिहीबार, ४ चैत २०७७

कक्षा ११को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



