श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कञ्चनपुरमा श्रीमान पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षीय मान सिंह दमाईलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । उनले चैत २ गते साँझ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाई कुटपिट गरेका थिए। कुटपिटपछि घाइते पान्सरीको उपचारका क्रममा महाकाली अस्पतालमा त्यहि दिन मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए।चिकित्सकले उपचारका क्रममा पान्सरीको मृत्यु भएको खबर गरेपश्चात मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । उनीविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
निर्घात कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
सवालनेपालसंवाददाताशुक्रबार, ५ चैत २०७७

निर्घात कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



