काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीसँग मनमुटाव बढेपछि महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् ।खरेलले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफ्नो राजीनामाको औपचारिक घोषणा गर्नका लागि भने उनले शुक्रबार दिउँसो १ बजे पत्रकारहरु बोलाएका छन् । संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए । त्यही असन्तुष्टि चर्कँदै जाँदा खरेल राजीनामाको अबस्थामा पुगेका हुन् । खरेल ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त भएका थिए। पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई महान्यायधिवक्ता नियुक्त गर्न ओली नेतृत्वको मन्त्रिपरिषदले नै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
प्रधानमन्त्रीसँगको मनमुटावले महान्यायधिवक्ता खरेलको राजीनामा
सवालनेपालसंवाददाताशुक्रबार, ५ चैत २०७७

प्रधानमन्त्रीसँगको मनमुटावले महान्यायधिवक्ता खरेलको राजीनामा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



