काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आउँदो १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक १० गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।शुक्रवारकाे बैठकमा लोक सेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले लोक सेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो । त्यस्तै शुक्रवारकाे बैठकमा विभिन्न दलका नेताले सम्बोधन गरेका छन् । फागुन २३ यता प्रतिनिधि सभाका तीन वटा बैठक बसे पनि कुनै पनि सांसदले सम्बोधन गर्न पाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय