काठमाडौं- विना सुनुवाई ४० वर्षसम्म भारतमा जेल बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई क्षतिपूर्ति उपलब्ध गराउन भारतको कोलकाता हाईकोर्टले आदेश गरेको छ। अदालतले पश्चिम बंगाल सरकारका नाममा सोमबार यस्तो आदेश गरेको हो।

यसका लागि दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति दाबी गर्न सक्ने अदालतको आदेशमा उल्लेख छ। कोलकाता हाई कोर्टका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले सोमबार दुर्गाप्रसादका परिवारबाट माग भए कानुन अनुसार क्षतिपूर्ति दिन भनेको हो।

हाइकोर्टको आदेशसँगै अब ४० वर्षमा बसेको जेलबापतको क्षतिपूर्ति माग गर्ने कानुनी आधार बनेको छ। अदालतले कोलकाता सेन्ट्रल जेलमा रहेका मानसिक स्वास्थ्य अवस्था कमजोर भएका कैदीहरूको सत्यतथ्यसहितको प्रतिवेदन बुझाउनसमेत जेल प्रशासनलाई आदेश गरेको छ। मार्च २५ भित्र रिपोर्ट बुझाउन अदालतको आदेशमा भनिएको छ।

यस्तो छ आदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah