काठमाडौं । सुन–चाँदीको भाउ पुनः घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ७०० कायम गरेको छ । सोमबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले झरेको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८६ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यसैगरी, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय