काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भनेर प्रश्न गर्नुभएकाे छ ।

प्रतिनिधि सभाकाे मङ्गलवारकाे बैठककाे शून्य समयमा बाेल्दै सांसद अधिकारीले ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने गरेको भए पनि नेकपा एमालेदेखि सातो गएको उहाँको भनाइ छ ।

लोकतन्त्रको कुरा गरे पनि चुनावमा जान डराएको पनि उहाँले बताउनुभयो । आफैँ भत्ता बढाउन माग गर्नेहरूले प्रधानमन्त्री समर्थक सांसदले माग गरेको भनेर प्रचार गरिएको उहाँको भनाइ छ ।

सांसद अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भन्दै अविश्वास प्रस्तावमार्फत हटाउन चुनौतीसमेत दिनुभएकाे छ ।

मङ्गलवार प्रतिनिधि सभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष ती दुवै प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ती समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेस गर्नुभयो ।

प्रतिनिधि सभाको अर्काे बैठक यही चैत १८ गते दिउँसाे १ बजे बस्नेछ । उज्यालो अनलाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah