दाङ, १० चैत । दाङका एक वडाध्यक्षलाई खोप लगाएको दुई साता नपुग्दै कोरोना भाइरस संक्रमण भएको छ । वडाध्यक्षलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि घोराही उपमहानगरपालिका–३ को वडा कार्यालय बन्द गरिएको छ । गएको आइतबार वडाध्यक्ष माधवप्रसाद चौधरी र उनकी श्रीमतीलाई कोरोना पुष्टि भएपछि यही चैत १३ गतेसम्मका लागि वडा कार्यालय बन्द गरिएको हो ।

वडाध्यक्ष चौधरीलाई भैरहवास्थित कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना गरिएको छ भने उनकी श्रीमती घरमै आइसोलेसनमा रहेको सहरी स्वास्थ्य केन्द्र झिङ्नीका इन्चार्ज गोपीलाल वलीले जानकारी दिएका छन् ।

ज्वरो आउने, घाँटी दुख्ने र पखाला लागेपछि वडाध्यक्ष दम्पतीले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गराएका थिए । वडाध्यक्ष चौधरीले गएको फागुन २६ गते कोरोनाविरुद्धको खोप समेत लगाएका थिए । खोप लगाएको दुई हप्तासम्म रोगसँग लड्न सक्ने क्षमता तयार नहुने भएकाले संक्रमणको जोखिम रहने स्वास्थ्यकर्मीहरुको भनाइ छ । नया पेज बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय