क्षयरोगका जिवाणुले शरीरको फोक्सोमा बढि असर गर्ने भएपनि शरिरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुको साथै व्यक्तिको तौल पनि कम हुदै जाने लक्षण देखा पर्दछन् ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष ४२ हजार नयाँ क्षयरोगका बिरामीहरु थपिने गरेका छन् ।
