काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बिक्री गरिने भएको छ ।बैंकले जारी गरेको सूचनाअनुसार न्यूनतम मूल्य १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको यस संस्थापक सेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिन्छ ।उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, संघ–संस्था योग्य रहने बैंकले जनाएको छ । इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, संघ–संस्थाले यही चैत १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमा आफूले लिन चाहेको दररेट शिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सक्छन् ।
नागरिक लगानी कोषको संस्थापक सेयर चैत १७ सम्म किन्न सकिने
सवालनेपालसंवाददाताबुधबार, १० चैत २०७७

नागरिक लगानी कोषको संस्थापक सेयर चैत १७ सम्म किन्न सकिने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



