एमालेको बैठकमा माओवादी सांसद पनि सहभागी
पार्टीका वरिष्ठ नेता नेपाल पक्षका सांसदहरुले हस्ताक्षर फिर्ता गर्न सात दिन मागेका छन् । ‘हामीले हिजो नेकपा रहँदा संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव गरेका थियौं', न्यौपानेले भने, 'सर्वोच्चको आदेशपछि नेकपा खारेज भइसकेको छ। एमाले पुरानै अवस्थामा फर्किएकाले दलको बैठकले आज गरेको निर्णय कार्यान्वयन गर्छौँ।'उनले अब एमालेमा पक्ष विपक्ष नभएको बताउँदै आफ्ना समूहका नेताको परामर्शमा हस्ताक्षर फिर्ता लिने सहमति भएको बताए। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरुले फिर्ता नलिए कारबाही थाल्न मुख्यमन्त्री राईलाई निर्देशन दिएका छन्। आजको बैठकमा माओवादीका प्रदेश सांसद टंक आङबुहाङ पनि उपस्थित भएका थिए।










