काठमाडौं–एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका चार नेताले स्पष्टीकरण बुझाउने तयारी गरेका छन्। राजनीतिक रूपमा जवाफ दिन तयार रहेको भन्दै नेपाल सहितका नेताहरूले स्पष्टीकरणको तयारी गरेको नेपाल पक्षका नेता रघुजी पन्तले बताए। बुधवार नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरूको बैठक बसेको थियो। बैठकमा आगामी रणनीति तथा स्पष्टीकरणको विषयमा छलफल भएको बताइएको थियो।प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टीको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको थियो।अध्यक्ष केपी शर्मा ओली पक्षले मागेको स्पष्टीकरणको जवाफ केही दिनभित्रै दिने तयारी भएको पन्तको भनाइ छ।
माधव नेपालसहितका नेताहरू स्पष्टीकरण बुझाउने तयारीमा
सवालनेपालसंवाददाताबिहीबार, ११ चैत २०७७

माधव नेपालसहितका नेताहरू स्पष्टीकरण बुझाउने तयारीमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



