फाइल तस्वीर इकागज : सिन्धुपाल्चाेककाे अम्बाथानस्थित मेलम्ची खानेपानीको मुह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीबाट ल्याइएको खानेपानीको सार्वजनिक धारा खोलेर ‘मेलम्ची खानेपानी’ विधिवत् उद्घाटन हुने भएको छ ।आगामी चैत २० गते सर्वसाधारणका लागि भृकुटीमण्डपभित्र राखिएको नयाँ धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीबाट औपचारिक रुपमा मेलम्ची खानेपानीको उद्घाटन हुने तय भएको मेलम्ची उपआयोजना (आयोजना कार्यान्वयन निर्देशनालय) स्रोतले बताएको छ ।उद्घाटनका लागि खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सम्बद्ध निकायहरुले तयार तीव्र पारेका छन् । मेलम्ची खोलाबाट सुन्दरीजल आएको मेलम्चीको पानी सुन्दरीजलबाट सिधै अनामनगरस्थित ओभर ट्यांकीमा मिसाइएको छ । अनामनगरको पानी भृकुटीमण्डप लगेर धारा उद्घाटन गर्न लागिएको स्रोतले जानकारी दियो ।

गत फागुन ११ गते मेलम्चीको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न थालिएको थियो । खानेपानी मन्त्री मणि थापाले सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको मुहान पुगेर सुरुङभित्र पानी हुल्ने कार्यको सुरुवात गरेका थिए ।सुरुङमा भरिएको फोहोर पानीलाई गत फागुन २२ गते बागमती नदीमा मिसाइएको थियो । प्रधानमन्त्री केपी ओलीले मेलम्चीको पानी बागमतीमा मिसाउने कार्यको शुभारम्भ गरेका थिए । खानेपानी मन्त्रालयले यही चैत १५ गते मेलम्चीको पानी उपत्यकामा वितरण गरिने जानकारी दिएको थियो ।‘सबै चाँजोपाँजो मिलाउँदा आगामी चैत २० गते (शुक्रबार) लाई साइत जुर्‍यो,’ राष्ट्रपतिले मेलम्ची उद्घाटन गर्ने कार्यक्रम सार्वजनिक नगरिएकाले नाम उल्लेख नगर्न अनुरोध गर्दै स्रोतले भन्यो, ‘त्यसपछि क्रमशः उपत्यकाका जनताको घरमा पानी छाडिनेछ ।’

अघिल्ला खानेपानी मन्त्री र सचिवले साविकको अन्तर्राष्ट्रिय ठेकेदार सीएमसीलाई भुक्तानी रोकेर नभगाएको भए मेलम्चीको पानी अढाई वर्षअघि उपत्यकामा आइसक्थ्यो । तीन प्रतिशत कामका लागि पुनः ठेक्का गरेर दुई वर्ष लगााएर मेलम्चीको बाँकी काम करिब करिब सम्पन्न भएको हो । हाल अस्थायी रुपमा पानी पथान्तरण (डाइभर्ट) गरी सुरुङमा छिराइएको छ भने यसको मुख्य हेडवक्र्स (मुहान संरचना) निर्माण कार्य यो वर्षको वर्षाअघि पूरा हुनेछ । त्यसपछि स्थायी रुपमा मुहान संरचनाबाटै मेलम्चीको पानी आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय