दमक/ गौराहादह ८ स्थित प्रगती मावि अगाडी रोकी राखेको इलाका प्रहरी कार्यालय गौरीगञ्जको भेनमा ठोक्किएर मोटरसाइकल चालक घाईते भएका छन । इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट आएको गस्ती टोलीको बा १ झ ७४७९ न. को प्रहरी भेनमा गौरीगञ्जबाट ग्वालडुब्वा जाँदै गरेको को १६ प ४८४१ न. को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय ३५ बर्षिय कालाचन्द माक्रा गम्भिर घाईते भएका हुन । उनको उपचारका लागि बि.एण्ड. सी अस्पताल पठाइएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय